Friday, June 15, 2018

चिनमा अपराध गरि नेपाल आएको चिनियाँ युवती प्रकाउ

काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको चिनियाँ युवती झोङ सुई काठमाडौंमा पक्राउ परेकी छन् । चीनमा वित्तिय अपराध गरी पर्यटक भिसामा लुकिछिपी बसिरहेकी सुईलाई बिहीबार अध्यागमन विभागले पक्राउ गरेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले अध्यागमनलाई पठाएको पत्रमा समेत सुईले कस्तो गम्भीर अपराध गरेकी हुन् स्पष्ट नखुलाएको स्रोतले बताएको छ । पत्रमा सुईले चीनमा गम्भीर वित्तिय अपराध गरेको र उनलाइ पक्राउ गरी सहयोग गरिदिनु उल्लेख छ । चीनमा वित्तिय अपराध गरी फरार भएपछि सुईविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । ओभर स्टे रहेकी उनी बिहीबार भिसाको म्याद थप्न अध्यागमन पुगेपछि उनलाई तत्काल कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

प्रकाउ परेकी चिनियाँ युवती झोङ सुई 



सुईले भिसा नियमित गर्ने प्रक्रिया अघि बढाएपछि उनलाई अध्यागमन कर्मचारीले पक्राउ गरिएको जानकारी गराए ।
अध्यागमनले हिरासतमा रहेकी सुईलाई शुक्रबार चीन फिर्ता पठाउँदै छ । चिनियाँ दूतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्टका आधारमा सुईलाई अध्यागमनले चीन पठाउन लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले चीनमा गम्भीर अपराध गरेकाले सुईलाई उतै पठाइने जानकारी दिए । विसं २०७१ असोजमा पहिलो पटक नेपाल आएकी सुई पछिल्लो पटक पर्यटक भिसामा फागुन १९ गते आएकी थिइन् ।
चीनको पब्लिक सेक्युरिटिज मिनिस्ट्रीले वित्तिय अपराध गरी फरार रहेकी भन्दै सुईको राहदानी जुन ५ मा रद्द गरेको थियो । चिनियाँ दूतावासले अध्यागमनलाई सुइको राहदानी रद्द गरिएको जानकारी दिएको थियो । नेपालमा नै सुई लुकिछिपी बसेको आशंकामा इन्टरपोल र चिनियाँ दूतावासले अध्यागमनसँग उनी भिसाको म्याद थप्न आए तत्काल पक्राउ गर्न आग्रह गरेका थिए

No comments: