रामदेवद्वारा झुठको खेती, नेपालीलाई मुर्ख बनाउने प्रयास
काठमाण्डु, १४ मंसिर– योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् ।
उनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको जनाएका छन् ।
‘पतञ्जली आयुर्वेद प्रालि नेपालमा आजसम्म जे जति लगानी भएको छ, त्यो सबै डा. उपेन्द्र महतो र उहाँकी धर्मपत्नी समता प्रसादबाट भएको हो ।
यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाअनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै नेपाल सरकारको प्रचलित कानुनअनुसार प्रक्रिया पुर्यावएर नै गरिनेछ ।’
गत बुधबार राधजानीमा आयोजित पत्रकार सम्मेलनमा भने रामदेवले हालसम्म ढेड सय करोड (डेढ अर्ब) लगानी गरिसकेको र भविष्यमा ५ सय करोड (५ अर्ब) लगानी गर्ने घोषणा गरेका थिए ।
लगानी नै नभएकाले अनियमित लगानी भन्ने समाचार यथार्थ नभएको दाबी रामदेवद्वारा हस्ताक्षरित विज्ञप्तिमा गरिएको छ ।
कान्तिपुर दैनिकबाट⇝
पाल्पाली बालिका ‘चान्समा डान्स’को उत्कृष्ट ७ मा
पाल्पाली बालिका लाजिमा गाहा बुटवलमा भैरहेको डान्स शो ‘चान्समा डान्स’को उत्कृष्ट ७ मा पुगेकी छिन्। झण्डै ६ सय प्रतिस्पर्धीबाट छानिएर उनी उत्कृष्ट ७ मा पुगेकी हुन्। प्रतिस्पर्धमा पाल्पाबाट १७ जना सहभागी भएको भएपनि अहिले उनीमात्र बाँकी छिन्। पाल्पा असन टोल–१५ निवासी गाहा मात्र ६ वर्षकी छिन्। तानसेनको बेथल बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत विद्यार्थी लाजिमालाई उनको परिवार, आफन्तजन र साथीहरुले प्रतिस्पर्धामा जिताउनका लागि यतिबेला अभियान नै चलाएका छन्।
एसएमएस भोटिङका आधारमा छनौट गरिने प्रतिस्पर्धामा लाजिमालाई भोटिङको लागि मोवाइलको म्यासेजबक्समा CMD Space 10 कोड टाइप गरी ३८३८३ मा पठाइ भोट गर्न सकिनेछ। सानैदेखि मेधावी एवं अतिरिक्त क्रियाकलापमा चासो राख्ने लाजिमा र उनको परिवारले छोरीलाई विजयी बनाउन सहयोगको अपिल गरेका छन्। मोवाइल एसएमएसमार्फत भोटिङ गरेर लाजिमालाई सहयोग गर्न परिवारजनले आग्रह
गरेका छन्। लाजिमा यो प्रतिस्पर्धामा पाल्पाबाट सहभागीमध्ये अहिलेसम्म उत्कृष्टमा परिरहेकी एकमात्र प्रतिस्पर्धी हुन्। उनले आफ्ना साथीहरु, गुरु एवं सबै पाल्पालीलाई भोटिङबाट आफूलाई जिताउन आग्रह गरेकी छिन्।
No comments:
Post a Comment