Friday, June 15, 2018

व्यवसायीक हितको बजेट ल्याउन सरकार सग माग पाल्पा

कुनै समय पश्चिम नेपालकै प्रमुख व्यपारिक केन्द्रका रुपमा रहेको तानसेनको व्यापारमा कमि आउने र व्यवसायीहरु पलायन हुँदै गएको भन्दै यहाँका व्यवसायीको प्रर्वद्धनका लागि स्थानीय सरकारसँग माग गरिएको छ ।
पछिल्लो समय पाल्पाली व्यावसायीहरुको हकहितमा क्रियाशिल पाल्पा व्यापार संघले स्थानीय सरकार तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीलाई ध्यानाआर्कषण पत्र बुझाउँदै व्यवसायीक हित र प्रर्वद्धनमा काम गर्न माग गरेको छ ।

आर्थिक तथा प्रशासनिक कार्य स्थानीय तहवाटै हुने गरेकोले तानेसनको व्यापार व्यवसाय दिनप्रति दिन घट्दै गएकोले, समयनुकुल व्यवसाय प्रवद्र्धन गर्नका लागि नगरपालिकाले ठोस योजना तयार गरी अन्य स्थानवाट समेत यस क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्न आग्रह गरिएको संघका सचिव परशुराम पौडयालले जानकारी दिनुभयो ।
ध्यानआर्कषण पत्रमा विगत लामो समय देखि संचालनमा रहेका करुवा, ढाका उद्योग जस्तै अन्य ठूला साना व्यापार व्यवसायवाट ठूलो संख्यामा परिवारहरुले जीविको चलाउदै आएको स्मरण गराउदै आगामी बर्षको बजेटमा व्यापार व्यवसायको प्रवर्दनका लागि कार्यक्रम तथा बजेटको तर्जुमा गरी अन्य स्थानका व्यवसायीलाई समेत तानसेनमा व्यवसाय गर्ने अवस्था सिर्जना गराउन माग गरिएको छ ।
यसका साथै आर्थिक बर्ष २०७५÷७६ को स्थानिय सरकारलको बजेट अधिवेशनका सन्र्दभमा नगरपालिकाले लगाउदै आएको विभिन्न शीर्षकको करमा पुनरावलोकन गरी वृद्धि गर्ने भन्दा सवैलाई करको दायरामा आउने वातावरण तयार गर्न जोडदार माग गरिएको संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
पत्रमा खस्कदो व्यापार र बर्षेनी हुने करको वृद्धिका कारण व्यापारीहरुको पलायन हुने अवस्था रहेकोले कर वृद्धि भन्दा तानसेनको व्यापार व्यावसयाको प्रवद्र्धनका लागि उचित कदम चाल्नका लागि ध्यानाकर्षण गराईएको उहाँको भनाई छ ।
ध्यानाकर्षष पत्र बुझ्दै नगर प्रमुख अशोककुमार शाहीले आफु यस विषयमा गम्भीर भएको बताउनुभयो । उहाँले आगामी बजेटमा संघको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम तयार गरिने प्रतिवद्धता समेत जनाउनुभयो

No comments: