न्युयोर्क, ७ असोज– परराष्ट्रमन्त्री प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र सङ्घको ७१ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महत र प्रधानमन्त्री सरिफबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध एवम् आपसी चासोका विषयमा कुराकानी भएको थियो ।
यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क०को आगामी १९ औं शिखर सम्मेलनका बारेमा समेत कुराकानी भएको परराष्ट्रमन्त्री महतले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सफल कार्यकालको कामनासमेत गरेका थिए ।
प्रधानमन्त्री सरिफले सार्कको शिखर सम्मेलनका क्रममा नेपाल भ्रमण गरेको र आगामी सम्मेलन पाकिस्तानमा आयोजना हुने विषयमा भएका प्रयास एवम् द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको मन्त्री महतले जानकारी दिए ।
मन्त्री महतले प्रधानमन्त्री सरिफले सार्क सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताए ।
त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुवै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए । रासस
Friday, September 23, 2016
पाकिस्तानबाट आयो प्रचण्डलाई निम्तो, झस्किन सक्छ भारत !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment