ताप्लेजुङ । ताप्लेजुङमा विश्वकप फुटबल हेरेर फर्कने क्रममा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । बिहीबार राति फुङलिङ नगरपालिका–९ हाङदेवामा रहेको जनता मावि परिसरमा विश्वकप हेर्न बनाइएको हलबाट राति फर्कंदा बाढीले बगाएको हो।
प्रहरीका अनुसार फुङलिङ नगरपालिका–९ हाङदेवाबाट सदरमुकाम आउने क्रममा मोटरसाइकलसहित लप्सेखोलामा आएको बाढीले बगाउँदा सनम राई बेपत्ता भएको हो । उनी चढेको मोटरसाइकल करिब १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ।
मोटरसाइकलको पछाडी रहेका १८ वर्षीय खड्क बिक भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ। इलाम घर भएका राई फुङलिङको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए। बेपत्ता सनमको खोजी भइरहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment