Saturday, May 12, 2018

मोदीजी जनकपुरलाई भारत फिर्ता ल्याऊ’ भन्ने भारतीय सांसदलाई निधिको यस्तो कडा जवाफ


काठमाडौँ । दुई दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका भारतीय संसदलाई बिमलेन्द्र निधिले कडा जवाफ दिएका छन्  ।
मोदीले जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरलाई र्फिता लेउ भन्दै ट्वीट गरेका थिए ।सांसद कीर्ति आजादको ट्वीटलाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले कडा रूपमा ट्वीटमार्फत नै जवाफ दिएका छन् ।
निधिले कीर्ति आजादजस्तो जिम्मेवार व्यक्तिको यस्तो गैरजिम्मेवार टिप्पणी आउनु दुवै देशको अखण्डताका लागि खतरापूर्ण भएको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन्  ।
निधिले लेखेका छन् जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेस र नेपाल देशको दुस्मन घोषणा गरी विरोध गरौँ।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो। मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ





@BimalendraNidhi
जनकपुरलाई भारतमा मिलाउनु पर्छ भ किर्ति आजाद नामको भारतीय सांसदलाई  जनकपुर,२नं प्रदेश,मधेश र नेप देशको दुश्मन घोषणा गरी विरोध गरत्यो सोच दुवै देशको अखण्डताकोला खतरा हो।
मोदी र ओली दुवै सरकारले तुरन्त आवश् कार्यबाही गरेर सार्वजनिक गरोस्।न हामी बर्दास्त गर्दैनौ।





भारतीय सांसद कीर्ति आजादले के भनेका थिए ?
भारतका एक सांसद कीर्ति आजादले जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका थिए । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला भारतको लोकसभाका सांसद कीर्ति आजादले मोदीजी जनकपुरलाई भारत फिर्ता ल्याऊ भनेर ट्वीट गरेका थिए।
उनले सामाजिक सञ्जाल ट्वीटरमा , ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय वर्ष पहिले अङ्ग्रेज र नेपालका बिचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो उक्त समय सकिएको छ । मिथिलाको यस भागलाई पुनस् फिर्ता लिएर सीता आमाको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’ लेखेका छन् ।

No comments: