काठमाण्डु, ७ साउन- एमालेका अध्यक्ष केपी ओली साताब्यापी भ्रमणका सिलसिलामा शनिबार उत्तर छिमेकी चीन प्रस्थान गरेका छन् ।
ओली चिनियाँ राष्ट्रपति सी जिन पिङको निम्तोमा बेइजिङ प्रस्थान गरेको एमालेले जनाएको छ । काठमाण्डुमा वर्तमान सत्ता गठबन्धनमा हेरफेर आउने चर्चा सुरु भएकै बेला भएको ओलीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले उच्च स्रोतका अनुसार ओलीले राष्ट्रपति सीसहित उच्च चिनियाँ नेतृत्वसँगको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नेछन् ।
ओली गत वर्ष प्रधानमन्त्री छँदा चीन
बैंककबाट फर्केलगत्तै बसेको जिल्ला इन्चार्जसहितको सचिवालय बैठकमा प्रचण्डले वर्तमान सत्ता गठबन्धनबाट पार्टी बाहिरिन सक्ने बताएका थिए । लगत्तै एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमाले र माओवादी मिल्नु मुलुकको हितमा भएको अभिव्यक्ति दिएका थिए ।
एकअर्काविरुद्ध सार्वजनिक रुपमा खरो टिकाटिप्पणी गर्दै आएका दुई नेताबीच एकाएक ‘ट्युनिङ’ मिल्नुलाई राजनीतिक कोर्ष परिवर्तनको संकेतमा रुपमा हेरिएको छ ।
No comments:
Post a Comment