Friday, March 17, 2017

६५ वर्षीय वृद्धले जवानी थाम्न नसकेपछि…

भुवनपोखरी अन्लाईन – नेपालमा विदेशी नागरिकले मात्रै बालकहरुलाई फकाएर यौन दुराचार गर्छन् भन्ने ठान्नुभएको छ ? यदि त्यसो हो भने तपाईं गलत हुनुहुनेछ ।
नेपालमै बालकहरुलाई विभिन्न प्रलोभन वा दबाबमा पारेर यौन शोषण हुने गरेको तथ्य फेला परेको छ । सर्लाहीको तत्कालीन मधुवनगोठ गाविस– ३ स्थायी घर भई हाल ललितपुर धोबीघाट बस्दै आएका ६५ वर्षीय कैलाश चौधरीले जावलाखेलका ७ वर्षीय बालकमाथि यौना दुव्र्यवहार गरेका हुन् । चौधरीले लामो समयदेखि खानेकुराको प्रलोभनमा यौन दुव्र्यवहार गर्दै आएको खुलेको हो ।

सिबिन नेपालअन्तर्गतको बाल हेल्पलाइनले पीडित बालकको उद्धार गरेपछि घटना बाहिर आएको हो । सिविनकै सहयोगमा महानगरीय प्रहरी परिसर ललितपुरले चौधरीविरुद्ध गत चैत पहिलो साता उच्च अदालत ललितपुरमा मुद्धा दायर भएकामा अदालतले चौधरीको कसुर प्रमाणित गर्दै १० वर्ष ६ महिना जेल सजाए सुनाएको छ । न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले जबरजस्ती करणीअन्तर्गत बालयौन दुराचारको कसुरमा चौधरीलाई १० वर्ष ६ महिना कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन नेपालका कार्यक्रम अधिकृत सागर भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार चौधरीले पटकपटक बालकलाई लिंग चुस्न लगाएर मुखमा बिर्य स्खलन गराउने गरेका थिए । अन्तिमपटक उनले गत ९ पुसमा आफ्नै डेरामा लगेर ती बालकलाई यौन शोषण गरेका थिए । बालकले अभिभावकलाई त्यसबारे बताएपछि उनका बाबुआमा सिविनको सम्पर्कमा आएको र आफूहरुले मुद्धा दर्ताका लागि सहयोग गरेको भण्डारीले बताए ।
अनुसन्धानका क्रममा चौधरी महिलासँग भन्दा बालकहरुसँग यौनजन्य कार्य गर्न इच्छुक हुने गरेको पाइएको छ । पीडित बालकको सिविनकै सहयोगमा उपचार भएको जानकारी उनले दिए ।

No comments: