Sunday, February 5, 2017

पढाइ सञ्चालन गर्न केयूलाई विद्यार्थीक ४८ घण्टे अल्टिमेटम


काठमाण्डु, २३ माघ-विद्यार्थी संगठनले तालाबन्दी गरेपछि १५ दिनदेखि पढाइ ठप्प रहेको काठमाडौं विश्वविद्यालय (केयू)का विद्यार्थीले पढाइ सञ्चालन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले पढाइ सञ्चालन नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।
उपकुलपति रामकण्ठ माकजूले भेट्न नचाहेपछि उनका स्वकिय सचिवलाई अल्टिमेटम पत्र बुझाएको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ तेस्रो वर्षका विद्यार्थी राञ्जय वैद्यले जानकारी दिए । ‘१५ दिनदेखि कक्षा सञ्चालन हुन नसेकपछि विद्यार्थीले स्वतस्स्फुर्त रुपमा अल्टिमेटम दिएका हौँ,’ उनले भने, ‘कक्षा सञ्चालन नभए आमरण अनशन बस्छौँ ।’

१३ दिनसम्म कक्षा सञ्चालन नभएपछि विद्यार्थीले शुक्रबार विश्वविद्यालय प्रशासनलाई दबाब दिन भन्दै विश्वविद्यालय बाहिरै १ घण्टा कक्षा सञ्चालन गरेका थिए । विद्यार्थी संगठनको तालाबन्दीका कारण केयूमा १५ दिनदेखि पठनपाठन भएको छैन । उपकुलपति माकजू समेतले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग वार्ता गरे पनि निकास भने निस्कन सकेको छैन ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को दबाबमा उपकुलपति माकजू श्रेष्ठको निर्देशनमा चुनाव स्थगित गरिएको अखिलको आरोप छ । पुस ८ गते भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचनमा विवाद भएपछि निर्वाचन स्थगित भएको थियो ।

No comments: