पाल्पाको दोभानमा भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
दोभान–२ ज्यामिरेको बिहेबाट ज्यामिरे र डान्सिङ्कोटको पन्चेबाजाको समूहलाई लिएर झुम्साका लागि छुटेको लु १ ज २६८९ नम्बरको जीप सोमबार राति १० बजे ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परि दोभान–२ का ४९ वर्षका हरि राना, ३० वर्षका मिनबहादुर थापा, ४१ वर्षका जसवीर वाकावल र २६ वर्षका यमबहादुर रानाको ज्यान गएको हो । घाइते १६ जनाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । जीप सडक बाट झण्डै १५० मिटर तल खसेको स्थानियले बताएका छन् ।
No comments:
Post a Comment