Friday, November 25, 2016

प्रचण्ड–ओली बालुवाटार भिडन्त भाग–२


काठमाण्डु,  मंसिर– संविधान संशोधनको तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच बिहीबार साँझ चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्टाएर मधेसी मोर्चाको माग सम्बोधन गर्न चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पुरा भइसकेकोले धेरै विरोध नगर्न आग्रह गरेका थिए ।
जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसदसँग त्यो संवैधानिक हैसियतनै नभएको जिकिर गरेका थिए । सरकारले सीमांकन चलाउन खोजे त्यसविरूद्ध अदालत जाने चेतावनी समेत ओलीले दिएका थिए ।
‘उहाँ (दाहाल) ले प्रदेश ५ बाट तराई–पहाड छुट्याउँदै प्रस्ताव दर्ता गर्ने कुरा राख्दै धेरै विरोध नगरिदिन आग्रह गर्नुभयो’, एमाले उपाध्यक्ष बामदेव गौतमले भन्नुभयो, ‘हामीले यो प्रस्ताव राष्ट्र र जनताको विरुद्ध भएकाले ससद् र सडक दुवैमा विरोध गर्ने कुरा राखेका छौं ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहालले एक वर्षको अनुभवले हठ मात्रै लिएर संविधान कार्यान्यवन असम्भव रहेको प्रष्ट देखिएकाले यथार्थको धरातलमा आउन ओलीलाई सम्झाएका थिए ।
दाहालले धारा २ ४४ मा सीमांकन हेरफेर गर्न संसदले नपाउने अवस्था आए उक्त धारा नै खारेज गरिदिने चेतावनी ओलीलाई दिएपछि स्थिति केहीबेर तनावपूर्ण भएको थियो ।
एमाले अध्यक्ष ओली, बामदेव गौतम र भीम रावलले सीमा.कन हेरफेरको सम्भावना नदेखिँदै सडकमा प्रदर्शन सुरु भइसकेकाले परिस्थितिको सही आंकलन गर्न सरकारलाई चुनौती दिएका थिए ।
कान्तिपुर दैनिकबाट

No comments: