, पाल्पाको भैरवस्थान मन्दिरमा रु ६ लाख बराबरको भेटी संकलन भएको छ। जिल्लाकै पर्यटकीय,
ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा स्थापित यस मन्दिरमा दशैंको अवसरमा सो रकम संकलन भएको हो।
कालरात्रिका अवसरमा मन्दिरमा अहिलेसम्मकै ठूलो दान रकम संकलन भएको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए। अघिल्लो वर्ष यस मन्दिरमा रु एक लाख बराबरको दान रकम संकलन भएको थियो।
यस वर्ष सो अवसरमा पाँच सय बोका,
पाँच सय कुखुरा गरी करिब एक हजार पाँच सयको हाराहारीमा पशु बलि चढाइएको थियो भने ५० हजारभन्दा बढी दर्शनार्थीले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
Wednesday, November 23, 2016
भैरवस्थानमा ६ लाख भेटी संकलन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment