Tuesday, October 11, 2016

भारतीय सैनिक क्याम्पमा पाकिस्तानतर्फबाट भिषण हमला पाकिस्तान ले भन्यो नेपाल लाई हुन खान नदिएको भारतले हो

भारतीय सैनिक क्याम्पमा पाकिस्तानतर्फबाट भिषण हमला
नयाँदिल्ली– भारत प्रशाशित जम्मु–काश्मिरस्थित कुपवाडा जिल्लामा रहेको सैनिक क्याम्पमा पाकिस्तानतर्फबाट महला भएको छ ।

भारतले पाकिस्तानी सीमा क्षेत्रमा ‘सर्जिकल स्ट्राइक’ गरेको भनिएको दाबी साता नबित्दै भारतीय सैनिक क्याम्पमा हमला भएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार जम्मु–काश्मिरको हन्दवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा पाकिस्तानतर्फबाट हमला भएको हो । समाचारमा जनाइएअनुसार बिहान ५ बजेको समया पाकिस्तानी क्षेत्रबाट सैनिक क्याम्प आसपास क्षेत्रमा बम प्रहार भएको थियो ।
सैनिक क्याम्पको मुख्य प्रवेशद्ध्वारमै बम खसेको थियो । करिब २० मिनटसम्म लगातार गोलाबारी भएको थियो । आक्रमणमा भएको हताहतीबारे भारतीय अधिकारीले केही बताएका छैनन् । यद्यपि हमलामा पाकिस्तान समर्थित अग्रवादी समूहको संलग्नता रहेको आरोप भारतीय अधिकारीले लगाएका छन् ।
उनीहरुले हमलालाई सैनिक टोलीले सशक्त प्रतिकारमार्फत विफल पारेको दाबी गरेका छन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै सर्च अभियान चलाइएको छ ।
उडीमा सैनिक क्याम्पमा गत १८ सेप्टेम्बरमा भएको आतंकवादी हमलायता भारत–पाक सम्बन्ध तनावपूर्ण बनेको छ । त्यसयता भारतीय सैनिक क्याम्पमा भएको यो दोश्रो ठूलो हमला हो । उक्त हमलापछि भारत–पाक सम्बन्धमा उत्पन्न तनाव थप बढेक

No comments: