पाल्पा (भुवनपोखरी अन्लाईन समाचार ), पाल्पा प्रहरीले तिहारका बेला हुन सक्ने अराजक गतिविधिलाई रोक्न नयाँ सुरक्षा योजना तयार गरेको छ। प्रहरीले सुरक्षाको लागि जिल्लाभरी नै सुरक्षा गस्ती बढाउने, सुचना नेटवर्क विस्तार गर्ने पाल्पाका प्रहरी प्रमुख एसपी हरिराज वाग्लेले जानकारी दिए।
प्रहरीले साँझ ९ बजेपछि देउसी खेल्न निषेध गरेको छ। मादक पदार्थ सेवन गरेर समेत देउसी खेल्न रोक लगाइएको एसपी वाग्लेले जानकारी दिए। देउसीको नाममा अराजक शैलीमा रकम असुलीसमेत हुन सक्ने भन्दै प्रहरीले सतर्कता बढाएको बताइएको छ। आम जनतालाई पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मर्यादित भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ।
Friday, October 28, 2016
प्रहरीको नयाँ सुरक्षा योजना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment