Friday, October 28, 2016

३३ वर्षअघिदेखि फरार अपराधी पक्राउ


पाल्पा (भुवनपोखरी अन्लाईन  समाचार), पाल्पा प्रहरीले ३३ वर्ष अघिदेखि फरार जीउ मास्ने बेच्ने अभियोगका अपराधीलाई पक्राउ गरेको छ। पाल्पा जिल्ला अदालतले २०४१ सालमै दोषी ठहर गरेपनि फरार रहेका पाल्पा छहराका डम्बरबहादुर दर्जीलाई पक्राउ गरेको हो।
पाल्पा जिल्ला अदालतले २०४१ साल बैशाख १८ गते दर्जीलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला गरेको थियो। त्यतिबेलादेखि फरार रहेका दर्जी भारतको पञ्जाबमा गएर उतै स्थायी रुपमा बसोवास गर्दै आएका थिए। दर्जी अहिले यहाँ रहेका जेठो छोरालाई भेट्न आएका बेला सुराकीको आधारमा पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी हरिराज वाग्लेले जानकारी दिए।

No comments: