चीनले दियो भारतलाई कडा चेतावनी
एजेन्सी– भारतमा बढेको चीन विरोध गतिबिधि प्रति चीनले कडा चेतावनी दिएको छ ।
चीनले पाकिस्तानको साथ दिएको भन्दै भारतमा चिनियाँ सामान बहिस्कार गरिएको छ । दिपावलीको अवसरमा भारतको यस कदमले चिनियाँ सामान बिक्रिबितरणमा भारी गिरावट आएको छ । यस्तै अवस्था रहिरहे भारतमा चिनियाँ सामानको आयातमा गिरावट हुने देखिन्छ ।
यसै सन्दर्भमा चिनियाँ विदेश मन्त्रालयले भारतमा चीन विरोधी गतिबिधि भइरहे त्यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ । चीनले आफूहरुले भारतमा सामान पठाउन रोक लगाएमा त्यसले भारतलाई नै असर पर्ने उल्लेख गरेको छ ।
चीनबाट भारतमा २ प्रतिशत मात्र सामान जाने भएकाले भारतमा चिनियाँ सामान बहिस्कार गर्नाले चीनलाई कुनै असर नपर्ने चीनले बताएको छ ।
पछिल्लो साल २०१५ मा २२६६.५ बिलियन डलर को चिनियाँ सामान निर्यात भएको थियो । जसमा भारत र चीनबीच मात्र ७१.६ बिलियन डलरको व्यापार भएको थियो ।
Friday, October 28, 2016
चीनले दियो भारतलाई कडा चेतावनी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment