Friday, October 28, 2016

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

(भुवनपोखरी अन्लाईन समाचार ), नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही काित्तक १६ गते मंगलबार मध्याÞन ११ बजेर ५२ मिनेट जुरेको छ। समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ,
साइत खोज्नेका लागि भने ११ बजेर ५२ मिनेटको समय उत्तम छ’ उनले भने।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ। यस वर्ष काित्तक १२ गते शुक्रबार कागतिहार,
१३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवघन पूजा, गाई पूजा र ह्मपूजा र काित्तक १६ गते भाइटीका परेको छ।

No comments: