पाकिस्तानले तयारी थालेको थाहा पाएपछि भारतको ‘काउन्टर’
एजेन्सी– पाकिस्तानको प्रधानमन्त्री नवाज सरिफले आफ्ना सैनिक कमाण्डर के भारतविरुद्ध आक्रमणको तयारी थाल्न गरेको आग्रहको ५ घण्टा नबित्दै भारतले काउन्टर गरेको छ ।
केही दिनअघिको काश्मीर काण्डका कारण सित युद्ध चलेको भारत र पाकिस्तानबीच पछिल्लो समय युद्धको खतरा देखिएको छ । दुवै देशले आफ्ना सैनिकलाई आक्रमणका लागि तयार रहन गरेको आग्रहले यसलाई पुष्टी गर्छ ।
यसैबीच पाकिस्तानले आक्रमणको तयारी थालेको संकेत पाएपछि भारतीय सेनाको पश्चिमी कमानका प्रमुख लेफ्टिनेन्ट जनरल सुरिन्दर सिंहले बुधबार जम्मु कश्मीर क्षेत्रको सीमा इलाकाको भ्रमण गरेर सेनाका जवानलाई सैन्य अभियानसम्बन्धी तयारी सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
सेनाका कमाण्डरले जम्मु कश्मीरको पुरै क्षेत्रमा सेनाको तैनाथीको जानकारी लिँदै युद्धका लागि तयारीको स्तर बढाउन सबै सुरक्षा एजेन्सीले गरेको प्रयासलाई अझ प्रभावकारी पार्न निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
Wednesday, September 21, 2016
पाकिस्तानले तयारी थालेको थाहा पाएपछि भारतको ‘काउन्टर’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment