Thursday, September 22, 2016

भारतलाई झड्का, चीनले दियो पाकिस्तानलाई साथ

भारतलाई झड्का, चीनले दियो पाकिस्तानलाई साथ
एजेन्सी– उरी घटनापछि भारतले पाकिस्तानलाई कुटनीतिक रुपमा घेरा हाल्न चीनको साथ मागिरहेका बेला चीन भने पाकिस्तानको पक्षमा देखिएको छ ।
भारत–पाकिस्तान सीमावर्ती क्षेत्र काश्मीरमा १७ भारतीय सेनाको मृत्यु भएपछि भारतले त्यसलाई आतंकवादी हमला बताउँदै पाकिस्तानको सीमामा छिरेर ११ जनाको हत्या गरिसकेको छ ।
यसै सन्दर्भमा बिहीबार मात्र आतंकवादी गतिबिधि रोक्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको सहयोग मागेको समाचार बाहिर आइरहेका बेला चीन पाकिस्तानको पक्षमा उभिएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच भएको भेटमा ली ले चीन र पाकिस्तानले सधैभरी एकअर्कालाई साथ दिएको बताउँदै त्यसले निरन्तरता पाउने विश्वास सरीफलाई दिलाएका थिए ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भेटमा लीले आफूहरु पाकिस्तानलाई चरममुखी सहयोग गर्न र द्दिदेसीय सम्बन्ध बढाउन चाहेको बताएका थिए ।
सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध बिस्तारका लागि बन्दरगहा निर्माणमा जुट्ने र आर्थिक विकासमा धेरैभन्दा धेरै उद्योग खोलेर अघि बढ्ने विषयमा छलफल भएको थियो ।
चीन यूएन सेक्युरेटी काउन्सीलको सदस्य पाकिस्तानलाई एक्ल्याउन भारतलाई चीनको साथ आवश्यक छ ।
स्मरण रहोस् बिहीबार मात्र भारतीय संचारमाध्यममा चीनको पाकिस्तानप्रति रहेको झुकावलाई लिएर बेइजिङमा निशाना लगाउनु भारतको रणनीति नरहेको बताउँदै पाकिस्तानलाई घेर्न चीनको सहयोग आवश्यक पर्ने समाचार आएको थियो ।

No comments: