नारायणगढ मुग्लीङ्ग सडकमा आश्विन १० गते सम्ममा खाल्टा खुल्टी पुर्ने
नारायणगढ मुग्लीङ्ग सडक आयोजनाले आगामी १० गते सम्ममा सडकमा रहेका खाल्टा खुल्टी पुर्ने भएकोे छ ।
प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको संयोजकत्वमा भएको यातायात ब्यवस्था समितिका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरोकारवालाहरु सँगको छलफलमा आगामी १० गते सम्ममा खाल्टा खुल्टी पुर्नेे निर्णय गरेको हो ।
चितवनको आँपटाडी देखी मुग्लीङ्ग सम्मको सडक खण्डमा रहेको ठुलो खाल्डा खुल्डी पुरी सकीने र सामान्य खाल्डा खुल्डी लगातार मर्मत भैरहने आयोजनाका प्रमुख चन्द्र नारायण यादवले बताउनु भयो । उहाले आगामी १० गते सम्मा सबै खाल्डा खुल्डी ग्रेडीङ्ग गरी सक्ने जानकारी दिनु भयो । साथै आयोजनाले हाल सम्ममा ३३ दशमलव ४२ प्रतिशत सडक मर्मत सम्भार कार्य भैसक्नु पर्नेमा २५ दशमदव ७१ प्रतिशत कार्य भएको जनाएको छ ।
सडक मर्मतका कार्यहरु भैरहे पनि यस वर्षमा बिगत ५ वर्ष यताकै ठुलो वर्षा पछिको पहिरोका कारणले सडक मर्मत कार्यमा ढीलाई भएको दास ढुङ्गा देखी सीमलताल सडक सम्मका कन्ट्रयाक्ट म्यानेजर रबिन्द्र श्रेष्ठको भनाई छ ।
No comments:
Post a Comment