Tuesday, May 1, 2018

कस्ले दियो प्रधानमन्त्री कार्यलय मा आत्महत्या गर्ने धम्की ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ । प्रधानमन्त्री कार्यालय र निवास बालुवाटारमा उनलाई भेट्न पुग्ने सर्वसाधरणको भीडबाट पनि उनको लोकप्रियता प्रष्ट हुन्छ ।
कतिपय व्यवसायीहरु म देशमा लागनी गर्न इच्छुक भएरै प्रधानमन्त्री ओलीसँग भेटेर कुरा गर्न बालुवाटार पुग्ने गरेका छन् भने कतिपय विदेशबाट फर्किएका युवाहरु सुझाव दिन बालुवाटार पुग्ने गरेका छन् । जसले ओलीप्रति बढ्दै गएको विश्वास देखाउँछ । पार्टीका कार्यकर्तामात्र होइन, अन्य पार्टीमा आबद्ध व्यक्तिहरुमा पनि ओलीले केही गर्छन् भन्ने विश्वास छ ।

ओलीप्रति कति धेरै क्रेज छ भन्ने कुरा गत बुधबार प्रधानमन्त्री कार्यालयमा देखियो । ओलीलाई भेट्न तराईबाट आएका एक व्यक्ति उनलाई एक पटक भेट्न नपाए प्रधानमन्त्रीको कार्यालयमा आत्महत्या गर्ने समेत धम्की दिए । ती व्यक्ति हुन् राज मोहम्मद । एमालेका पुराना कार्यकर्ता । प्रधानमन्त्री ओलीको व्यस्तताका कारण भेटघाट मिलेको थिएन । सहयोगीहरुले भेटाउने प्रयास गरिरहेका थिए ।
ढिला भए पनि उनले प्रधानमन्त्रीका सहयोगीलाई भेट्न नपाए आत्महत्या गर्ने धम्की दिएका हुन् ।
उनको प्रधानमन्त्रीसँग खास काम थिएन । उनी भेट्न मात्र चाहन्थे । प्रधानमन्त्रप् ओलीले पनि उनलाई चिन्दा रहेछन् । प्रधानमन्त्री कार्यालयमा पुगेलगत्तै ओलीले प्रतिक्षा कक्षमा बसेकालाई सोधेः राज मोहम्मद कता हुनुहुन्छ ? ओलीले उनलाई आफ्नो कार्यकक्षमा लगेर आफूसँगैको कुर्सीमा राखेर हालखबर सोधे । केही समय गफगाफ गरे । उनी निकै खुशी भएर निस्किए

No comments: