Tuesday, May 1, 2018

एउटै कुवा को पानी मा २ सय परिवार निर्भर

पाल्पा अन्लाइन समाचारदाता

पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ माथिल्लो भेगका स्थानीय बासिन्दाले वर्षौंदेखि खानेपानीको चरम समस्या व्यहोर्दै आएका छन्।
तर उनीहरूको समस्या अहिलेसम्म कुनै निकायले सुनेको छैन।
गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझोबारी, टुभाक, पुरनथरलगायतका दुई सय घरपरिवारले निकै कष्टसँग खानेपानी आपूर्ति गर्दै आएका छन्। दर्छा वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको गुनासो गरे।
‘नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका बासिन्दा भने खानेपानीले तड्पिरहेका छन्,’ उनले भने।
,गाउँमा बिजुली पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी रामबहादुर राना बताउँछन्। यहाँका बासिन्दा कुवाको पानी लिन राति २ बजे नै उठ्ने गरेका छन्।
एक गाग्रो पानीकै लागि दुई/तीन घण्टा बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको मिट्ठु मल्लको भनाइ छ । बिहान उज्यालो नहुँदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले गाउँमा छिमेकीबीच झैझडा समेत हुने गरेको रामपुर नगरपालिका–३, गैलुकका दुर्गाबहादुर मल्ल बताउँछन्।
स्थानीयका अनुसार निर्वाचनमा भोट माग्न गाउँगाउँमा पुगेका दलका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर ठूलो आश्वासन दिएका थिए । हरेक वर्ष यहाँका बासिन्दाले नेता कार्यकर्तासँग सधैँ खानेपानीको जोहो गर्न माग गरे पनि अहिलेसम्म कहीँकतैबाट राहत पाउन सकिरहेका छैनन् ।
चुनाव आउँदैपिच्छे खानेपानीको एजेण्डा पहिलो प्राथमिकतामा राखेर गाउँगाउँमा पुगेका राजनीतिक दलका नेता कार्यकर्ता विजय हासिल गरेपछि गाउँमा फर्कँदैनन्

No comments: