Saturday, February 4, 2017

यी कस्ता छोरा? आफनै बाबु आमालाई थिचिथिचि मारे

भुवनपोखरी अन्लाईन / माघ–जुम्लामा वीरबहादुर ऐडीले आफ्नै बाबुआमाको ढुङ्गाले थिचेर हत्या गरेका छन् ।
ऐडप्ले ४५ बर्षीय बाबु गोरखबहादुर ऐडी र ५० बर्षीया आमा जयरुपी ऐडीको हत्या गरेको प्रहरीले जनाएको छ । सदरमुकामबाट ७ घण्टाको दुरीमा रहेकोले पूर्ण जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए ।
अभियुक्तलाई प्रहरीले वियन्त्रणमा लिएर अनुशन्धान अगाडी बढाएको छ । घटनास्थलमा पुगेर प्रहरीले दुवै लास कुरिरहेको छ ।
अभियुक्तको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।

No comments: