Tuesday, February 7, 2017

नेपाल को सबै भन्दा ठूलो ज्योतिर शिव लिङ्ग पाल्पा को अर्गली मा बन्दै

भुवनपोखरी अन्लाईन 

 नेपालमै अग्लो मानिएको ज्योतिर शिव लिङ्ग पाल्पाको अर्गलिमा निर्माण कार्य भइरहेको छ। अर्गलिको मुश्लुक डाँडामा निर्माण भइरहेको यो शिव लिङ्ग २७ फुट अग्लो रहने छ। साथै यसको समिपमा ३० फुट अग्लो टावर पनि निर्माण गरिदै छ। उक्त टावर बाट शिव लिङमा अनवरत रुपमा जल वर्षा गरिदै छ। ज्योतिर शिव लिङ्ग निर्माण उपभोक्त समितिका अध्यक्ष परशुराम भट्टराईका अनुशार मुश्लुकको डाँडामा बृहद गुरुयोजना अन्तर्गत शिव लिङ र टावर निर्माण गर्न लागिएको बताउनु भएको छ। यो डाँडा लाइ पर्यटकिय गन्तव्य बनाउने योजना अन्तर्गत झण्डै १ करोड ५० लाख रुपैयाको गुरु योजना बनाइएको उहाँले बताउनु भयो। हाल ज्योतिर लिङ्ग निर्माणका लागि रुरु रेशुङा संरक्षण तथा पर्यतक बिकास समितिको ५ लाख रुपैया र स्थानिय बाट चन्दा संकलन गरि निर्माण थालिएको छ। अर्गलिको यो डाँडा बाट रिडि बजार, थोर्गा, भटकुवा, आलमथान, कारिकोट लगायत गुल्मी पाल्पा र स्याङ्जाका विभिन्न स्थानहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

No comments: