Friday, February 3, 2017

घरमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

भुवनपोखरी अन्लाईन ), पाल्पा बाकामलाङ गाविस–४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ। भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।
खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताए। आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताए। गाउँ र छिमेकीबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उनले बताए।

No comments: