Tuesday, November 1, 2016

हिन्दुहरुको घर तथा मन्दिरमा आगजनी


बंगलादेश– बंगलादेशमा एक समूहले हिन्दु मन्दिर र घरमा तोडफोड तथा आगजनी गरेको छ ।
ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा फेसबुकमा इस्लाम विरोधी सामग्री पोस्ट गरेको भन्दै त्यसको विरोधमा हिन्दु समुदायको घर तथा मन्दिरमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्

उनीहरुले कम्तिमा ३ दर्जन घर र १० भन्दा धेरै मन्दिरमामा आगजनी गरेका छन् । आक्रोशित समूहले लुटपाट पनि गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दु समुदाय अल्पसंख्य छन् । त्यहाँ समयसमयमा यस्ता घटना घट्ने गर्छन् ।

No comments: