भारतमा सरकारले पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धनमा नियन्त्रण गर्नका लागि पाँच सय र एक हजारका पुरानो नोटमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भ्रष्टाचार, जाली नोट र कालो धन नियन्त्रणका लागि नोटमा प्रतिबन्ध लगाएको बताउनुभयो । मंगलबार राति १२ बजेदेखि पाँच सय र एक हजारका पुरानो नोट प्रयोग गर्न नपाइने भएको छ ।
कालो धन तथा भ्रष्टाचार गरिबी निवारणका बाधा रहेकाले यस्तो कदम चालिएको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । पुरानो नोटको सट्टा पाँच सय र एक हजारका नयाँ नोट जारी गरिने उहाँले बताउनुभयो । यसले करछली गर्नेलाई पनि करको दायरामा ल्याउने सरकारको आशा छ
Wednesday, November 9, 2016
भारतः ५०० र १,००० का नोटमा प्रतिबन्ध
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment