काठमाडौं, कात्तिक १७ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमन केही असहज हुने भएको छ ।
आउँदो शुक्रबारसम्म हुने भ्रमणका क्रममा विभिन्न रुटमा सवारी आगामन प्रभावित हुने हुँदा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले त्यो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो ।
बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक भएर चल्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै, दिउँसो १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
बुधबार नै दिउँसो पौने २ बजेदेखि पौने ४ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।
बुधबार बेलुका साढे ६ देखि बेलुका साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । सवारी नभएका अरु सडकमा भने सवारी आवागमन नरोकिने डिआइजी अर्यालले बताउनुभयो ।
Wednesday, November 2, 2016
भारतीय राष्ट्रपतिको भ्रमण : आज कहाँ, कति बेला सवारी आवागमन प्रभावित ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment