Tuesday, November 1, 2016

जे डर थियो त्यही भयोः भारत–पाकिस्तानबीचको भिडन्तमा सीमा सुरक्षामा खटिएका गोर्खालीको मृत्यु


काठमाण्डु, १६ कात्तिक– भारत र पाकिस्तानबीच सीमा क्षेत्र जम्बु–काश्मीरमा भएको भिडन्तमा एक गोरखा सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्दर क्षेत्रमा सोमबार भएको गोलाबारीमा नेपालको धरान घर भएका २० वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
भारतले पाकिस्तानी पक्षबाट सीज फायर उल्लंघन भएको आरोप लगाएको भिडन्तमा राइफलम्यान बिमल तामाङको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दुई महिनाअघि उरीमा भएको हमलामा १८ भारतीय सैनिकको ज्यान गएपछि हालसम्म दुई देशबीच सीमा क्षेत्रमा भिडिन्त जारी छ । भिडन्तमा दुवै देशका गरी करिब ८० जना सुरक्षाकर्मीको ज्यान गइसककेको छ ।
भारतमा गोरखा सैनिकका रुपमा हजारौँ नेपाली कार्यरत छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच चलेको सीत युद्धमा मारिने तामाङ पहिलो नेपाली हुन् ।

No comments: