काठमाण्डु १४ कात्तिक– नेपालीहरुको दोश्रो महान चाह तिहारको अवसरमा आइतबार राजधानीमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ
। प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रज्ञा भवनमा भएको कार्यक्रममा सिस्नो पानी नेपाल टोलीको प्रस्तुति रहेको थियो । सो अवसरमा सिस्नो पानीको टीमले नेताहरुलाई भैलीमार्फत व्यंग्य हानेका थिए । कार्यक्रममा सहभागी भएकाहरु उनीहरुको व्यंग्य सुनेर मरीमरी हाँसेको देख्न सकिन्थ्यो ।
भारत, बाबुराम र विप्लवमाथि प्रहार
कस्तो सरकार छिमेकीका राजदूतले नै चलाउने
हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने।
एउटा सरकार बन्दा दिल्ली दीपावली मनाउँछ
अर्को बन्दा त्यै दिल्लीलाई किन गनाउँछ ?
तिमी आफैं सुधार तिम्रो युपि बिहार
हाम्रो देश हाम्रै जिम्मा दागा नधर।
नेत्र विक्रम चन्द हुन् कि नेत्र बिक्रम चन्दा हुन्
कार्यकर्ता भन्दा बढी पैसा गन्दा हुन्।
अर्को मुक्ति युद्ध भन्दै बन्दुक बोक भन्दा हुन्
बुझ युवा यी फन्दा सबै धन्दा हुन्।
एकातिर करिश्मा अर्कातिर हिसिला
नयाँ शक्ति पार्टीका मुहार हँसिला।
झुण्ड्याएर रातो कोट मैलो कालो भित्तामा
बाबुरामको नयाँ शक्ति अलमल कित्तामा।
टालाटुली बटुली पार्टी बन्यो झुम्राले
बाबुरामलाई किन छाडे लिखा जुम्राले ?
एनसेलमा गराए अरबौँको घोटाला
घोटालाले विदेशमा दरबार पोताला।
चोर्ने लुट्ने मार्ने काट्ने सबलाई तक्मा लगाइदेऊ
पुलिस मुद्धा हाल्दै जान्छ सरकार फिर्ता लेऊ।
No comments:
Post a Comment