पाल्पा : अब दैनिक रूपमा प्रहरी पाल्पाका विभिन्न टोल टोलमा पुग्ने भएका छन्। प्रहरीको केन्द्रिय कार्यालयले संचालन गरेको टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत पाल्पाका विभिन्न टोलमा प्रहरी पुग्ने भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले यो अभियान जिल्लाको सदरमुकाम तानसेनबाट सुरु हुने बताए। उनका अनुसार तानसेनका प्रत्येक टोलमा एकजनाका दरले प्रहरी पठाइने छ। ती प्रहरीले स्थानीयसँग समन्वय गरेर समाजमा रहेको विकृति वा सुरक्षाको चूनौतीका सम्बन्धमा समस्या पहिचान गर्ने छन्।
'ती समस्याको न्यूनीकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्नेछौँ' उनले भने। विगतदेखि प्रहरी कार्यालयसँग समन्वय गर्दै आएको सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर टोलटोलमा प्रहरी पुग्ने उनले बताए।
यद्यपि यो अभियानलाई सफल पार्नको लागि सबै नागरिकले सहयोग गर्नुपर्ने उनले बताए। 'पहिले प्रहरीले शासन गरेजस्तो, दमन गरेजस्तो हुन्थ्यो, पुलिस देखेपछि नागरिक डराउने गर्दथे' उनले भने 'अब प्रहरी दाइभाइजस्तै भएर घरघरमा पुग्नेछ।'
समयसँगै कुटपिट भन्दापनि सकारात्मक व्यवहारबाट विकृतिहरूको न्यूनीकरणमा लाग्ने उनले बताए। अभियानसँगै आधुनिक स्रोत साधनको राज्यले व्यवस्था गर्न सके आफूहरू लक्ष्यअनुरूप सफल हुने उनको भनाई छ।
अभियानबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले तानसेन नगरपालिकाभित्रका टोललाई सुरक्षाको हिसाबले वर्गीकरण गरेर प्रहरी नियमित रूपमा खटाइने बताए। 'पहिलो चरणमा पर्चा, पम्पलेट र विभिन्न संचार माध्यममार्फत यसको महत्वको बारेमा आम नागरिकलाई सूचित गर्छौ' उनले भने, 'त्यसपछि प्रहरीलाई चौविसै घण्टा टोलमै खटाउने छौ र प्रहरीले स्थानीयसँगको समन्वयमा तयार पारेको रिपोर्टको आधारमा सोही टोलमा आवश्यक कार्यक्रम संचालन गर्छौँ।'
उनले सदरमुकाममा यो कार्यक्रम प्रभावकारी भए अन्य गाउँपालिका र नगरपालिकामा संचालन गरिने बताए। वरिष्ठ पत्रकार मेघराज शर्माले यो अभियानलाई सफल पार्नको लागि सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए। यो अभियानले समाजमा लुकेर रहेका सुरक्षाका सुक्ष्म घट्नालाई पनि नियन्त्रण गर्न सफल हुने उनको ठम्याई थियो।

No comments:
Post a Comment