Saturday, October 21, 2017

कुन देशको क्यालेन्डरमा विक्रम संवत प्रयोग हुन्छ भन्ने नजान्दा गुम्यो १२ लाख


कात्तिक ४ – भारतीय टेलिभिजनमा आउने लोकप्रिय टेलिभिजन गेम शो ‘कौन बनेगा करोडपति’ मा बिहारका भास्कर पान्डेले नेपालसम्बन्धी सोधिएको एउटा प्रश्नको उत्तर नजान्दा साढे १२ लाख गुमाएका छन् ।
बलिउडका महानायक अमिताभ बच्चनले चलाउने ‘कौन बनेगा करोडपति’को बुधबार प्रसारित कार्यक्रममा भास्करले १२ वटा प्रश्नको सही जवाफ दिँदै १२ लाख ५० हजार भारतीय रुपैयाँ जितेका छन् । तर उनले थप एक प्रश्नको सही जवाफ दिएको भए थप साढे १२ लाख रुपैयाँ प्राप्त गर्दथे ।
उनलाई २५ लाखको लागि तेह्रौँ प्रश्न सोधिएको थियो, ‘ विक्रम संवत कुन  देशको अाधिकारिक क्यालेन्डर हाे ?’ उनीसँग कुनै लाइफलाइन बचेको थिएन । उनले पटक–पटक नेपाल हुन सक्ने बताइरहेका थिए । तर उनी ढुक्क थिएनन् ।
त्यसैले उनले बीचमै खेल छाड्ने निणर्य गरे र जितिसकेको १२ लाख ५० हजार रुपैयाँ गुमाउने खतरा मोल्न चाहेनन् । जब अमिताभले ‘तपाईँले अनुमान गर्नुभएको उत्तर नै सही उत्तर हो’ भने भास्कर सँगसँगै दर्शकले अफसोच माने ।

No comments: