Saturday, January 14, 2017

रिडि मेला स्टल बिक्रिमा कालो बजारी अन्त्य, ब्यबस्थित बन्दै मेला।।

। ३ हजार रुपैया पर्ने स्टलको घडेरी २० हजार रुपैया सम्ममा बिक्रि हुँदै आएको थियो रिडि माघे संक्रान्ति मेलामा। तर यश पटक भने त्यसो भएन। गुल्मी उद्योग बाणिज्य संघ रिडि शाखाले यस पल्ट ब्यबस्थापनको जिम्मेवारी लिदै माघे संक्रान्ती मेला लाई ब्यबस्थित गराउने प्रयास गरेको छ। यश बर्ष खाली घडेरिको सट्टा बनिबनाउ स्टल बिक्रि बितरण गरेको छ।
स्टलको स्वरुप र स्थान अनुशार ६५००, ८५०० र १०५०० रुपैयाँमा बितरण गरिएको छ। त्यो पनि संबन्धित ब्यक्ती लाई मात्र। बिगतमा बिचौलियाहरुले सस्तो मुल्यको जमिनहरु खरिद गरि चर्को मुल्यमा बिक्रि गर्दा रिडि बजार बदनाम हुन पुगेको थियो। स्टलहरु जस्ता पाता र टेण्टको बनाइएको छ भने ब्यबस्थित तरिकाले क्रमै संग राखिएको छ।

No comments: