काठमाण्डु, ९ असोज– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विराटनगरमा भारतले राखेको फिल्ड अफिस तत्काल हटाउनुपर्ने बताएका छन् । श्रेष्ठले भारतले गैरकानूनी रुपमा राखेको अखडा हटाउन आफूले त्यसयताका सबै प्रधानमन्त्रीलाई आग्रह गरे पनि कसैले सुनुवाई नगरेको भन्दै असन्तुष्टि जनाए । ‘मैले हरेक प्रधानमन्त्रीलाई भारतीय फिल्ड अफिस हटाउन आग्रह गर्दै आएको छु’, पत्रकार गोपाल खनालद्वारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचनमा आइतबार श्रेष्ठले भने, ‘तर, अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले त्यसमा चासो दिएका छैनन् ।’ भारतले २०६५ सालमा कोशीमा बाढी आएका बेला फिल्ड अफिस राखेको थियो । तर, अहिलेसम्म हटाएको छैन । भारतले नेपालमा आफ्नो झण्डासहितको कार्यालय ......।
No comments:
Post a Comment