Tuesday, November 1, 2016

दुई मधेसी जो नेपाली र चिनियाँ नागरिकको मृत्युमा खुसीयाली मनाइरहेका छन् (हेर्नुस् के भन्छन्)


काठमाण्डु– मंगलबार बिहान फेसबुकमा अनौठौँ दृश्य देखियो । नेपाली मुलका दुई मधेसी नागरिकले नेपाली र चिनियाँ नागरिक मर्दा खुसी मनाउँदै कमेन्ट गरेको ।
काठमाण्डु टुडेले पाकिस्तान र भारतबीचको भिडन्तमा एक नेपाली गोरखा सैनिकको मृत्यु भएको समाचार छापेपछि गुडु मण्डल नामका एक नेपालीले खुसी व्यक्त गरे । उनले खुसी व्यक्त गरेपछि धेरैले विरोध गरे । तर, मण्डलले उनीहरुलाई फोहर शब्दको प्रयोग गरेर नेपाली मरेकोमा खुसी व्यक्त गर्न छाडेनन् ।
त्यसैगरी चिनियाँ नागरिकको मृत्युमा समेत मण्डलले खुसी जताए । उनीसँगै दीपक यादव नामका अर्का मधेसी (नेपाली) ले पनि खुसी व्यक्त गरे ।
सामाजिक संजालमा देखिने यस्ता दृश्यले हाम्रो मानवता कहाँ हराइरहेको भन्ने प्रश्न चिन्ह खडा गर्छ । केही समयअघि भारतीय सेनाको मृत्यु हुँदा समेत नेपालीले खुसी व्यक्त गरेका थिए । आज सोही स्थानमा एक नेपाली सेनाको मृत्यु हुँदा उनीहरु निराश छन् । एक दिन मृत्यु सबैलाई आउने भएकाले हामीले कसैको मृत्युमा खुसी भन्दा समवेदना दिएर मानवताको परिचय दिन सिक्ने कि ?

No comments: