काठमाण्डु, २५ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार बिहान ८ः ४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाइन् ।
शक्तिपीठमा राष्ट्रपति
बडादसैँका अवसरमा महाअष्टमीका दिन आइतबार नक्साल भगवतीको दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई फूलप्रसाद दिंदै पुजारी । तस्बिरः रासस
राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए ।
सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका
काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिए ।
राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिइन् ।
साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएकी थिइन् ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम परेको छ।
No comments:
Post a Comment